बागलुङ जेसीजको ४८औँ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार बागलुङमा भव्य रूपमा सम्पन्न भएको छ। बागलुङ जेसीजको ४८औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष अन्जिला श्रेष्ठसहित सम्पूर्ण पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कार्यक्रममा अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षहरू सुलभ खड्का र सुभम राजभण्डारी, उपाध्यक्षहरू निशा कार्की, सुविसन श्रेष्ठ, अरुण श्रीस र निकेश खड्का, समितिका निर्देशकहरू आयुष श्रेष्ठ र विनोद थापा मगर, महासचिव स्वीकृति भारी, कोषाध्यक्ष मिलन खत्री तथा कानुनी सल्लाहकार गणेश महतोलाई शपथ गराएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष सोपना पौडेल तथा नेपाल जेसीजका अध्यक्ष जीवन कार्कीले मन्तव्य व्यक्त गर्दै बागलुङ जेसीजको भूमिकाको प्रशंसा गरेका थिए। यस अवसरमा यस वर्षको ‘पूर्णतारा एवार्ड’ बागलुङ जेसीजका पूर्वअध्यक्ष सुन्दर श्रेष्ठलाई प्रदान गरिएको थियो। एवार्ड बागलुङ जेसीजका पूर्वअध्यक्ष तथा पूर्णतारा एवार्डका संरक्षक केशव वझा, बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठ र नेपाल जेसीजका अध्यक्ष जीवन कार्कीले दोसल्ला र कदरपत्रसहित प्रदान गरेका हुन्।
त्यसैगरी, बागलुङ जेसीजका निर्वतमान अध्यक्ष गणेश महतोले आफ्नी श्रीमती स्व. सजना केसी महतोको स्मृतिमा स्थापना गरेको कोषबाट यस वर्ष नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई सम्मान गरिएको छ। उक्त कोषबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ। कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष गणेश महतोको स्वागत मन्तव्य तथा सहसचिव स्वीकृति भारीको सञ्चालनमा सम्पन्न भएको थियो। बागलुङ जेसीजको स्थापना २०३५ साल भदौ २९ गते श्याम श्रेष्ठको नेतृत्वमा भएको हो।बागलुङ जेसीजको ४८औँ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार बागलुङमा भव्य रूपमा सम्पन्न भएको छ। बागलुङ जेसीजको ४८औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष अन्जिला श्रेष्ठसहित सम्पूर्ण पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कार्यक्रममा अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षहरू सुलभ खड्का र सुभम राजभण्डारी, उपाध्यक्षहरू निशा कार्की, सुविसन श्रेष्ठ, अरुण श्रीस र निकेश खड्का, समितिका निर्देशकहरू आयुष श्रेष्ठ र विनोद थापा मगर, महासचिव स्वीकृति भारी, कोषाध्यक्ष मिलन खत्री तथा कानुनी सल्लाहकार गणेश महतोलाई शपथ गराएका थिए।

त्यसैगरी, बागलुङ जेसीजका निर्वतमान अध्यक्ष गणेश महतोले आफ्नी श्रीमती स्व. सजना केसी महतोको स्मृतिमा स्थापना गरेको कोषबाट यस वर्ष नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई सम्मान गरिएको छ। उक्त कोषबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ। कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष गणेश महतोको स्वागत मन्तव्य तथा सहसचिव स्वीकृति भारीको सञ्चालनमा सम्पन्न भएको थियो। बागलुङ जेसीजको स्थापना २०३५ साल भदौ २९ गते श्याम श्रेष्ठको नेतृत्वमा भएको हो।