Baglung JCI

जेसीज पदाधिकारीलाई तालिम

बागलुङ, १० फागुन

बागलुङ, पर्वत र म्याग्दी जेसीजका नयाँ पदाधिकारीका लागि ‘मल्टी च्याप्टर लोम अफिसर’ तालिम सम्पन्न भएको छ। बागलुङ जेसीजद्वारा शनिबार आयोजना गरिएको तालिममा ४० भन्दा बढी जेसीजहरूको सहभागिता रहेको थियो।

नवनिर्वाचित पदाधिकारीहरूलाई लक्षित गरी आयोजना गरिएको तालिममा नेतृत्व विकास, जेसीज यात्रा तथा अन्तरशाखा सम्बन्ध प्रगाढ बनाउने विषयमा प्रशिक्षण दिइएको थियो।

खहरे एग्रो रिसोर्टमा सम्पन्न कार्यक्रममा मुख्य प्रशिक्षक जेसीआई सिनेटर धनन्जयकुमार श्रेष्ठ, बागलुङ जेसीजका पूर्वअध्यक्ष सुदिप राजभण्डारी तथा नेपाल जेसीज क्षेत्र ‘ख’ का तालिम संयोजक गणेश महतोले प्रशिक्षण दिएका थिए।

अन्तरशाखाबीच भावनात्मक सम्बन्ध मजबुत बनाउने तथा नवनिर्वाचित पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बागलुङ जेसिज वर्ष २०२६ का निर्देशक विनोद थापा मगरले जानकारी दिए ।

बागलुङ जेसीजका अध्यक्ष अन्जिला श्रेष्ठको अध्यक्षता, लिडर्स अध्यक्ष पार्वती खड्का अधिकारीको स्वागत र तालिम संयोजक प्रतिभा केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बागलुङ, पर्वत र म्याग्दी जेसीजका पूर्वअध्यक्ष, नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top