Baglung JCI

बागलुङ जेसीजको अध्यक्षमा श्रेष्ठ

बागलुङ जेसीजको अध्यक्षमा अन्जिला श्रेष्ठ सर्वसम्मत चयन भएकी छिन् ।

शनिबार बागलुङ बजारमा सम्पन्न बागलुङ जेसीजको ४८औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।साथै बागलुङ जेसीजको कार्यकारिणी उपाध्यक्षमा सुलभ खड्का र सुभम राजभण्डारी चयन हुनु भएका छन् । साथै उपाध्यक्षहरुमा निशा कार्की, सुविसन श्रेष्ठ, अरुण श्रीस र निकेश खड्का रहेका छन् ।समितिको निर्देशकमा अयुश श्रेष्ठ र विनोद थापा मगर रहेका पूर्वअध्यक्ष सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वअध्यक्षहरु सुरेश प्रसाद श्रेष्ठ र ऋषि गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभामा सहसचिव स्वीकृति भारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रतिभा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष गणेश महतोको स्वागत र सहसचिव स्वीकृति भारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बागलुङ जेसीज २०३५ साल भदौ २९ गते श्याम श्रेष्ठको नेतृत्वमा स्थापना भएको थियो ।

Scroll to Top