Baglung JCI

जेसीज सप्ताहमा मेयरसंग बिद्यार्थी कार्यक्रम

जेसीज सप्ताहमा मेयरसंग बिद्यार्थी कार्यक्रम बागलुङ

युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीजले संचाल गरेको जेसीज सप्ताहको पाँचौ दिन मेयरसंग बिद्यार्थी कार्यक्रम गरिएको छ ।

बिभिन्न रचनात्मक, सचेतनात्मक तथा खेलकुदका कार्यक्रम सहित २४ गतेसम्म संचालन हुने गरि शुरु गरेको सप्ताहको पाँचौ दिन मेयरसंग बिद्यार्थी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्ला सदरमुकाम स्थित बिभिन्न बिद्यालयका बिद्यार्थीले बागलुङ नगरपालिका नगरप्रमुख बसन्तकुमार श्रेष्ठसंग साक्षात्कार गरेका थिए । उनिहरुले शिक्षा, बालमैत्री नगर, बिकास निर्माण, खेलकुदका क्षेत्रका बिभिन्न प्रश्नहरु गरेका थिए ।

१९ जना बिद्यार्थीले गरेका प्रश्नको जवाफ दिदै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले हरेक क्षेत्रबाट नगरपालिकाको बिकासका लागि आफु प्रतिवद्धता र योजनाका साथ अगाडि बढेको बताउनुभयो । उहाँले बिद्यार्थीले गरेका प्रश्नलाई सुझावको रुपमा लिएको बताउँदै नगरको बिकासका लागि सवैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

आफु र आफ्नो टिम निर्वाचित भएर आएदेखि नगरको बिकासका लागि योजनाबद्ध रुपमा अगाडि बढको चर्चा गर्दै उहाँले केहि योजना पुरा भएको र केहि पुरा हुने चरणमा रहेको बताउनुभयो । कुकुर होस्टेल बनाउने देखि फोहोर व्यवस्थापन, आधुनिक बसपार्क संचालन, बालमैत्री नगर घोषणा लगायतका कार्यलाई पुरा गर्ने गरि काम गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा बागलुङ जेसीजका पूर्व अध्यक्ष सौरभ श्रेष्ठ, नगर बाल संजालका अध्यक्ष अनुषा कँडेल, मिस पोखरा २०२४ का बिजेता सृष्टि खड्काले मंतव्य व्यक्त गर्नु भएको थियो ।

बागलुङ जेसीजका कानुनी सल्लाहकार ताराप्रसाद शर्माले सहजीकण गर्नु भएको कार्यक्रममा सप्ताहका मुल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष प्रेमप्रसाद ढकालले सप्ताहको वारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रम बागलु्ङ जेसीज बर्ष २०२५ का शाखा अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष गणेश म

Scroll to Top